Page Nav

HIDE

Grid

GRID_STYLE

Grid

GRID_STYLE

Hover Effects

TRUE

Pages

Latest Update

latest

प्रहरीसँग धमलाको प्रतिबद्धता: निर्मलाबारे ‘तथ्यहीन’ समाचार सच्याउँछु

झापा  । आफूलाई निर्मला हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्यालको जिकिर गलत देखिएको भन्दै प्रहरीले अन्तरवार्ताकार ऋषि धमलासँग स...


झापा । आफूलाई निर्मला हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्यालको जिकिर गलत देखिएको भन्दै प्रहरीले अन्तरवार्ताकार ऋषि धमलासँग सोधपुछ गरेको छ । गोरखा नगरपालिका घर भएका नवराज अर्यालले आफूले निर्मलाको हत्या गरेको ‘प्रत्यक्ष देखेको’ धमलासँगको टेलिभिजन अन्तर्वार्तामा दाबी गरेका हुन् ।

प्राइम टाइम्स टेलिभिजनबाट प्रसारित अन्तर्वार्ता अर्यालकै ‘निरन्तर आग्रह’ का कारण प्रसारण गरेको धमलाले प्रहरीलाई बताएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का अनुसन्धान अधिकृतहरूसँग धमलाले भनेका छन्–‘निरन्तर कार्यालयमा आएर बोल्छु भनेपछि अन्तर्वार्ता लिएर प्रसारण गरेको हुँ ।’

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता ९एसपी० होविन्द्र बोगटीका अनुसार धमलाले नवराज अर्यालले निर्मलाबारे जिकिर गरेका तथ्य गलत भएको स्विकारेका छन् । बोगटीले भने,‘उहाँले अन्तर्वार्तामा त्रुटि भएको स्वीकार गरेर जानुभएको छ ।’

अनुसन्धान अधिकृतहरूसँग धमलाले अन्तर्वार्ता करेक्सन गर्ने प्रतिबद्धता जनाएका छन् । एसपी बोगटी भन्छन्–‘समाचारमा करेक्सन गरेर ब्युरोलाई जानकारी गराउँछु भन्नुभएको छ ।’ 


प्रकाशित मिति: November 13, 2024

No comments

Do you leave your Comments?

Message here