Page Nav

HIDE

Grid

GRID_STYLE

Grid

GRID_STYLE

Hover Effects

TRUE

Pages

Latest Update

latest

२०८१ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, शनिश्चरे मा.वि.लाई

झापाको अर्जुनधारामा जारी नगरस्तरिय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१को उपाधि अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयले जितेको...

झापाको अर्जुनधारामा जारी नगरस्तरिय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१को उपाधि अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयले जितेको छ ।

सामुदायिक र संस्थागत गरि जम्मा २८ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा २० वटा स्वर्ण, ८ वटा रजत र १३ वटा कास्यसहित जम्मा ४१ वटा पदकसहित शनिश्चरे माविले उपाधि जितेको हो ।

त्यसैगरी ११ वटा स्वर्ण, ५ वटा रजत र ७ वटा कास्यसहित जम्मा २३ वटा पदकसहित अर्जुनधारा–३स्थित जनता माध्यमिक विद्यालय द्वितीय र १० वटा स्वर्ण, ६ वटा रजत र ६ वटा कास्यसहित जम्मा २२ वटा पदकसहित अर्जुनधारा–७स्थित रुपरत्न मेमोरियल अङग्रेजी आवासिय विद्यालय तृतीय भएको छ ।

गत माघ १२ गते प्रमुख अतिथि अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीले उद्घाटन गरेको प्रतियोगिता अन्र्तगत एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, कबड्डी र भलिबल खेलका विभिन्न विधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मूल आयोजक समितिका संयोजक सुरेन्द्र धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीसहित विभिन्न विधाका खेलहरुमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, सशस्त्र प्रहरी बल शनिश्चरे वेस प्रमुख प्रहरी नायव उपरीक्षक दिव्यराज कोइराला, समितिका सल्लाहकार वीरबहादुर राईलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।

सोही कार्यक्रममा विगत वर्षहरुदेखि प्रतियोगितामा निरन्तर योगदान पुर्याउने शनिश्चरे माविका शिक्षक भवानी गौतम र अर्जुनधारा–१स्थित सिंहदेवी माध्यमिक विद्यालयका शिक्षक विष्णुप्रसाद बाँस्कोटालाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक गंगा पोखरेलले गरेकी थिइन् ।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुख्य नारासहित आयोजित उक्त प्रतियोगिता अर्जुनधारा–६ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

यसैबीच शनिश्चरे माविले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश तीन हजार, दुई हजार र एक हजार प्रदान गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले जानकारी दिए ।


प्रकाशित मितिः Janurary 28th, 2025

No comments

Do you leave your Comments?

Message here