पाठ १ समाजको उत्पत्ति र विकासक्रम
तलका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
क) समाजको विकास
कसरी भएको थियो?
उत्तरः समाजको विकास मानिसहरू समूहमा बस्न थालेपछि, भाषा, संस्कृति, नियम, र सहयोगी जीवनशैली विकास गर्दै क्रमिक रूपमा भएको हो।
ख) मध्य चरणको जीवनशैली कस्तो रहेको थियो?
उत्तरः मध्य चरण युगमा मानिसहरू
पहिलेभन्दा अलि परिष्कृत बनेका थिए। उनीहरूले शिकार र फलफूल संकलन गरिरहे पनि खेती
गर्न र जनावर पाल्न थालिसकेका थिए। साना धारिलो ढुङ्गाका औजारहरू बनाउँथे, जसले शिकार गर्न सजिलो हुन्थ्यो। उनीहरू जङ्गलमा
बस्दा जङ्गली जनावारहरुबाट असुरक्षित महसुस भएर स्थायी रूपमा नदीको किनारमा बस्न थाले
। गुफामा चित्र बनाउने, मृतकलाई गाड्ने जस्ता कामहरू पनि हुन्थ्यो
। उनीहरूको जीवन बिस्तारै घुमन्ते जीवनबाट बसोबासी जीवनतर्फ लम्किदै थियो। यसरी, मध्ये चरणको जीवनशैली परिवर्तनशील थियो ।
उत्तरः प्रारम्भिक
अवस्थामा मानिस पानी, खाना, खेती र यातायातको सहजताको लागि नदीको
किनारमा बसोबास गर्न थाले।
उत्तरः समाजबाट हुने फाइदाहरु:
·
सुरक्षा प्राप्त हुन्छ
·
सहयोग र समर्थन पाइन्छ
·
ज्ञान र अनुभव आदानप्रदान हुन्छ
·
संस्कार र मूल्य सिक्न पाइन्छ
·
साझा स्रोतको उपयोग गर्न सकिन्छ
·
सामाजिक सम्बन्ध मजबूत हुन्छ
उत्तरः
ढुङ्गे युग (Stone
Age) |
बर्बर युग (Barbaric
Age) |
|
१. |
ढुङ्गा, हड्डी,
काठ प्रयोग गरी हतियार, औजारहरु बनाउँथे । |
फलाम र अन्य धातु प्रयोग गरी प्रभावशाली हतियार, औजारहरु बनाउँथे। |
२. |
गुफा, झाडी,
अस्थायी टहराहरूमा बसोबास बसोबास गर्थे । |
स्थायी बस्तीहरू, किल्ला, गाउँ बनाएर बसोबास गर्थे । |
३. |
मुख्य रूपमा आखेट (शिकार),
माछा मार्ने, वनका फलफूल संकलन गरी जीविकोपार्जन
गर्थे । |
कृषि, पशुपालन,
उत्पादन र व्यापारको सुरुवात गरी आम्दानीबाट जीविकोपार्जन गर्थे । |
४. |
सानो समूह, परिवार वा कुलमा आधारित भएर
बसेका । |
जातीयता, वर्ग
र श्रेणी विभाजन भएर बसेका। |
५. |
प्रकृति पूजा: सूर्य, चन्द्रमा, जल, बोटबिरुवा,
पहाड आदिको पूजा गर्थे । |
देवी-देवता, धर्मग्रन्थको पूजा गर्थे । |
६. |
गुफाका भित्तामा चित्र (जस्तै; पशुचित्र), काठ वा
ढुङ्गाबाट मूर्ति बनाउने गर्थे । |
चित्रकला, मूर्तिकला, सजावट, भवन
निर्माण कला, युद्धको महिमा देखाउने कलाहरूको मूर्ति
बनाउने गर्थे । |
७. |
संकेत, हावभाव,
आवाजको प्रयोग गर्थे । |
मौखिक भाषा प्रयोग गर्थे । |
च) वर्तमान समाजको कुनै पाँचवटा विशेषता लेख्नुहोस् ।
उत्तरः वर्तमान समाजको पाँच विशेषताहरू:
· प्रविधिमा निर्भरता
· शिक्षा र चेतनामा वृद्धि
· सामाजिक सञ्जालको प्रयोग
· लिङ्ग समानताको अभ्यास
· विविधता र सहिष्णुता
उत्तरः समाज विकासका
सकारात्मक पक्षहरू भन्नाले सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, तथा राजनीतिक क्षेत्रमा भएको सुधार, प्रगति र परिवर्तनलाई जनाइन्छ जसले मानव जीवनलाई सहज, समृद्ध र सम्मानजनक बनाउँछ। तल समाज विकासका केही सकारात्मक पक्षहरू
उदाहरणसहित चर्चा गरिएको छ:
१. शिक्षामा वृद्धि र साक्षरता
दरमा सुधार: उदाहरण: ग्रामीण भेगमा विद्यालयहरूको स्थापना
र शिक्षामा पहुँच बढ्दा धेरै बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न थालेका
छन्। नेपालमा साक्षरता दर विगत केही दशकमा उल्लेखनीय रूपमा वृद्धि भएको छ।
२. स्वास्थ्य सेवामा सुधार: उदाहरण: पोलियो विरुद्धको खोपले नेपाललाई पोलियोमुक्त बनाएको छ।
३. महिला सशक्तिकरण र लैङ्गिक समानता: उदाहरण: महिलाहरूले शिक्षामा, रोजगारीमा र राजनीतिक क्षेत्रमा सहभागीता बढाउँदै गएका छन्।
४. प्रविधिको विकास र पहुँच: उदाहरण: अनलाइन कक्षाइन्टरनेट, मोबाइल फोन, र डिजिटल सेवाको विस्तारले सञ्चार, शिक्षा, र व्यापारलाई सजिलो बनाएको छ।
५. पूर्वाधार विकास: उदाहरण: सडक, पुल, बत्ती, खानेपानी जस्ता आधारभूत सुविधाहरूको विकासले ग्रामीण र शहरी दुवै क्षेत्रमा जनजीवनमा सकारात्मक असर पारेको छ।
६. सामाजिक सचेतना र मानव अधिकारको सम्मान: उदाहरण: छुवाछूत, बालविवाह, र दाइजो प्रथा विरुद्ध जनचेतनाले समाजमा सकारात्मक परिवर्तन ल्याएको छ।
***
No comments
Do you leave your Comments?